काठमाडौँ । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ(मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। आज बिहान १७ किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि उक्त सडक मार्ग अवरुद्ध बनेको थियो।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी तथा इन्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सुरुमा सडक एकतर्फी रूपमा खुलाइएको थियो।
त्यसपछि क्रमशः सवारी चाप कम गर्दै लगेर दुवै ठाउँको पहिरो पूर्ण रूपमा हटाएपछि दिउँसो ३स्१५ बजेदेखि सडक दुईतर्फी रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन्।














