काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत श्रेष्ठको मंगलबार निधन भएको हो ।
लामो समयदेखि प्यान्क्रियाटिक क्यान्सर सँग जुधिरहेका श्रेष्ठको मङ्गलवार ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपश्चात् शवयात्रासहित पशुपति आर्यघाटमा पुर्याएर वैदिक विधिअनुसार उनको दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।














