रास्वपा केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं , साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टी घर बस्ने भएको हो ।

बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : श्रावण १३, २०८३ बुधबार  ८ : ४९ बजे