पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्।

मंगलबार बेलुका अचानक चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति : श्रावण १३, २०८३ बुधबार  १० : ०७ बजे