आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द



काठमाडौँ । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि कारबाही नभएको भन्दै आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले देशभरका स्वास्थ्य सेवा ठप्प पारिएको हो ।

सङ्घको मंगलबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकार उदासीन रहेको भन्दै बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : श्रावण १३, २०८३ बुधबार  १० : ३० बजे