तराईमा भएका घटनाको निष्पक्ष छानबिन हुने प्रधानमन्त्रीको दाबि, अफवाह र घृणा फैलाउने सामग्री प्रचार नगर्न अनुरोध



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।

सुनसरीमा सिराहामा साम्प्रदायिक हिंसा बढेपछि उनले आज सामाजिक सद्भावको अपिल गर्दै सम्बोधन गरेका हुन् ।

शाहले सुनसरी घटनाको निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुनेमा जोड दिदै भने,“सुनसरी लगायतका घटनापछि सुरक्षा निकायहरूले परिस्थितिलाई सामान्य बनाउन लागि पर्नुभएको छ । घटनाको निष्पक्ष छानबिन गरिने छ । यो छानबिन निष्पक्ष र पारदर्शी हुनेछ । जो कोही भए पनि कानुनको दायरामा ल्याउन सरकार कटिबद्ध छ”।उनले कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् भन्नेमा सरकार सचेत रहेको पनि बताएका छन् ।

अवस्था थप नबिग्रियोस् र कुनै पनि नागरिकको जनधनको क्षति हुन नदिन स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि सरकार निरन्तर क्रियाशील रहेको प्रधानमन्त्री शाहको भँनाइ छ ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह वा घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनश्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन अनुरोध पनि उनले गरेका छन् ।

प्रकाशित मिति : श्रावण १४, २०८३ बिहीबार  ९ : १० बजे