काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भउको बैठकमा सुनसरीलगायत मधेसका केही जिल्लामा पछिल्लो समय उत्पन्न तनाव र त्यसको समाधानका उपायबारे केन्द्रित रहेर छलफल भएको हो ।
बैठकमा मधेसका समसामयिक मुद्दा र सुरक्षा स्थितिलाई लिएर गम्भीर विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा डा. चन्द्रकान्त राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका नेताहरूको सहभागिता रहेको छ ।
विभिन्न जिल्लामा देखिएको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सद्भाव कायम राख्ने विषयमा नेताहरूबीच मतैक्य खोज्ने प्रयास भइरहेको छ ।














