पार्टी पुनर्गठन गरेरै छाड्छौं : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन गरेरै छाडने बताएका छन् ।

महासचिव पोखरेलले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि संस्थागत प्रक्रियामार्फत सुधार र पुनर्गठनको अभियान अघि बढाइने दाबि गरे ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीभित्र कुनैपनि प्रकारको संकट वा समस्या उत्पन्न नहुने गरी आफूहरू अगाडि बढ्न खोजेको स्पष्ट पारे ।

पोखरेलले पार्टीलाई थप बलियो बनाउनका लागि नै सुधार र पुनर्गठनको आवश्यकता रहेकोमा जोड दिए ।

प्रकाशित मिति : श्रावण १५, २०८३ शुक्रबार  ५ : ४० बजे