काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि ९आईटी० क्षेत्रलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन नीतिगत सुधार र निजी क्षेत्रलाई विश्वास लिन अनिवार्य रहेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
थापाले विगतमा आफूले कीर्तिपुरको सन्दर्भमा राखेको धारणा र त्यसपछि सिर्जित चर्चा गर्दै आफू सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको परामर्शमा आईटी क्षेत्रमा नीतिगत सुधारको प्रयास शुरु गरेको उल्लेख गरे ।
उनले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।














