कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन



काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ।

घटनालगत्तै थप उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ‘टिचिङ’ मा मङ्गलवार बिहान साढे १० बजे निधन भएको हो।

प्रकाशित मिति : श्रावण १९, २०८३ मंगलबार  १ : ३१ बजे