काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिने आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघिको फैसलामाथि पुनरावलोकन गर्न अनुमति ९निस्सा० प्रदान गरेको हो।
अदालतको यो आदेशसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा फेरि सुनुवाइ तथा पुनरावलोकन हुने भएको छ।
कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको अघिल्लो निर्णयविरुद्ध पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गराएका थिए।
यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्दै मान्यता दिएको थियो
। सोही फैसलालाई चुनौती दिँदै परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पुनरावलोकनका लागि बाटो खोलेको हो।














