राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने



काठमाडौँ, साउन २२ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।

संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेका हून् । रासस

प्रकाशित मिति : श्रावण २२, २०८३ शुक्रबार  १ : १४ बजे