काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायको बल प्रयोग र व्यावसायिकतामा गम्भीर छलफल आवश्यक भएको बताएका छन् ।
नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’ को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयक कार्यक्रमपछि बोल्दै थापाले सुरक्षा निकायको बल प्रयोग र व्यावसायिकतामा गम्भीर छलफल आवश्यक भएको बताएका हुन् ।
थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्ने विषयमा अझै पनि स्पष्ट उत्तर खोजिरहेको बताए। गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो वा कम बल प्रयोग गर्न सकिन्थ्यो भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ। गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि छलफल भए पनि उक्त प्रश्नको स्पष्ट उत्तर अझै प्राप्त नभएको उनले बताए।
सभापति थापाले भने, ‘गत भदौ २३ र २४ गते जे देखियो र भोगियो, त्यसबारे मेरो मनमा अझै एउटा प्रश्न छ। भदौ २३ गते प्रहरीले कम बल प्रयोग गर्न सक्थ्यो कि सक्दैनथ्योरु त्यति धेरै बल प्रयोग गर्नु आवश्यक थियो कि थिएनरु गौरीबहादुर कार्कीको प्रतिवेदन आयो, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि हामीले छलफल गर्यौं। तर, यो प्रश्नको स्पष्ट उत्तर मैले अझै भेटिरहेको छैन। त्यसैले यो विषयमा अझै गम्भीर छलफल हुन आवश्यक छ।’
मधेस केन्द्रित आन्दोलनका क्रममा बारम्बार बल प्रयोग हुने गरेको उल्लेख गर्दै उनले प्रहरी संगठनभित्र मधेसप्रति रहेको सोच वा दृष्टिकोणका कारण अत्यधिक बल प्रयोग भएको हो कि भन्ने विषयमा पनि खुला बहस हुनुपर्ने धारणा राखे। उनले भने, ‘मधेसमा हुने आन्दोलनमा जहिले पनि बल प्रयोग भएको देखिन्छ। प्रहरीभित्र अनौपचारिक रूपमा हुने छलफलमा मधेसलाई हेर्ने जुन मानसिकता छ, त्यसका कारण बढी बल प्रयोग भएको हो कि भन्ने विषयमा पनि बहस गरौं।’
आन्दोलन व्यवस्थापनको जिम्मेवारी प्रहरीमा मात्र सीमित नरहने भन्दै उनले सशस्त्र प्रहरी बल ९एपीएफ० र नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। सुनसरीको घटनाका क्रममा किन सेना परिचालन गरियो भन्ने प्रश्न उठेको उल्लेख गर्दै उनले सुरक्षा निकायले बढी बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने र कम बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने जटिल अवस्था देखिएको बताएका छन्।









