सरकार बनेको चार महिनामै केही गर्न नसकेको भन्नु जायज होइन : रवि लामिछाने



 सरकार बनेको चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठाउनु जायज होइन  रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सरकार बनेको चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठाउनु जायज नभएको बताएका छन् ।

सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दाबी गरे । अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उहाँले आगामी दिनमा त्यसको परिणाम देखिने बताए ।

सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको उनको भनाइ छ । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको उनले बताए ।

सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै केही गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरे । विदेश जानुपर्ने बाध्यताभन्दा स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : श्रावण २३, २०८३ शनिबार  ९ : २९ बजे