कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज ‘मंगलबार’ बस्दैछ । बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : श्रावण २६, २०८३ मंगलबार  १० : ४८ बजे