काठमाडौँ, साउन २८ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
हिजो (बुधबार )प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज (बिहिबार) प्रतितोला ५ सयले रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।









