काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि प्रश्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरु भएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सो जानकारी दिएका हुन् ।
महामन्त्री पौडेलकाअनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रिय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्नेबारे बैठकमा छलफल भइरहेको छ ।









