राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा गर्ने निर्णय



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो ।

प्रतियोगिता मंसिरको १६ गतेदेदि २९ गतेसम्म सुर्खेतमा हुने सञ्चालन गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए।

बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्य सचिवहरू र परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ ।

यसैगरी, जापानमा आयोजना हुने १९ औँ एशियाली खेलकुदका लागि खेलाडी र अफिसियल गरी कुल २ सय १८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति दिएको छ ।

प्रकाशित मिति : श्रावण २८, २०८३ बिहीबार  ९ : ३६ बजे