काठमाडौँ, साउन २९ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको हो ।
योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय कायम भएको छ ।हिजो सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।









