२९ साउन, काठमाडौं । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति समीक्षा बास्कोटाले यस्तो रुलिङ गरेकी हुन् ।
‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठन वा निकायका प्रमुख रहेर काम गरिरहनुभएको हुन्छ। यहाँ हामीले प्रयोग गर्ने भाषा, शब्द र व्यवहारलाई आम नागरिकले पनि हेरिरहेका हुन्छन्,’ सभापति बास्कोटाले भनिन्, ‘त्यसैले विषयान्तर नभई मर्यादित र संवेदनशील भएर विषय उठान गर्न माननीय सदस्यहरू र आमन्त्रित व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्दछु।’









