कांग्रेस संस्थापनइतर समूहको भेलामा पुगे देउवा



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्।

बिहीबार मात्रै काठमाडौं फर्किएका देउवा शुक्रबार काठमाडौंमा आयोजित भेलामा सहभागी भएका हुन्।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए।

हङकङबाट बिहीबार काठमाडौं फर्किएका देउवा त्यसको भोलिपल्टै कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलामा पुगेका हुन्।

प्रकाशित मिति : श्रावण २९, २०८३ शुक्रबार  २ : ५० बजे