काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि संवादको ढोका खुला राख्नुपर्नेमा जोड दिए ।
देउबाले मुलुक संकटमा रहेका बेला संवाद, सहमति र सहकार्यका माध्यमबाट राजनीति अघि बढाउनुपर्ने बताए।









