काठमाडौं ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउका छन् ।
मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार अघि बढ्न निर्देशन दिए ।
सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गरे ।
यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड भएकाले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उनले प्रक्रियामा कुनैपनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराए ।









