काठमाडौँ, भदौ ३ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न ढिलाइ हुनलागेकाले सरकारको ध्यानाकर्षण गराए।
कर्णाली प्रदेशको खानेपानी आयोजनालाई पनि मेलम्चीकै अवस्थामा पु¥याउने गरी काम गराउन खोजिएकामा आपत्ति जनाए ।
सदस्य सोमनाथ पोर्तेलले स्वास्थ्य स्वयंसेविकाको परिचालनबाट ज्येष्ठ नागरिकले औषधि पाउने र बालबालिकाले खोप पाउने अवस्था आएका जस्ता धेरै सकारात्मक काम विगत ३५ वर्षदेखि सुरु भएकाले केही भएन भन्ने भनाइ सन्तुलित रुपमा नआएको बताए ।
गत वर्ष साउनको तुलनामा यस वर्ष आठ प्रतिशत बढी युवा वैदेशिक रोजगारीका लागि विदेश गएको उनले जानकारी दिए।
सदस्य चन्द्रबहादुर केसीले गत वर्ष भदौ २३ र २४ गतेको घटनाका विषयमा अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
नेपालमा ५०० भन्दा धेरै रोहिङ्ग्या बढेको उल्लेख गर्नुहुँदै उहाँले तिब्बती शरणार्थी पनि गुम्बामा बढेकाले समस्या समाधान गर्न माग गरे । रासस









