१०.६७ अंकले घट्यो नेप्से, ४ अर्ब १६ करोडमाथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार पनि सेयर बजार घटेको छ ।

नेप्से परिसूचक १०.६७ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ ।

आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य बढेको छ ।

बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.०४ तथा व्यापार ०.६८ प्रतिशत घटे ।

आज ४ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०८३ शुक्रबार  ३ : ३८ बजे