सर्वोच्चले दर्ता नगरेपछि देउवाले पेश गरेको रिट फिर्ता



काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काको रिट वारेसमार्फत दर्ता गर्न सर्वोच्च पुगेको थियो।

देउवा र खड्काले छुट्टाछुट्टै शुक्रबार पेश गरेको रिटमा अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता गर्न अस्विकार गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा।मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल थिएनन् । महत्त्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधानन्यायाधीश नै नभएकाले दर्ता नगरिएको बताइएको छ ।

सर्वोच्च प्रशासनले रीट दर्ता नगरेपछि ‘करेक्सन’ का लागि भन्दै देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०८३ शुक्रबार  ७ : ४२ बजे