कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै



काठमाडौं, भदौ ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिए ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : भदौ ८, २०८३ सोमबार  १० : ३२ बजे