कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काले सर्वोच्चमा दिए छुट्टाछुट्टै रिट



काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् ।

दुवै जनाले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दुवै रिटमाथि अहिले अध्ययन भइरहेको छ। ‘रिट पेस भएको छ। दर्ता हुनेरनहुने विषयमा अध्ययनपछि निर्णय हुन्छ,’ प्रवक्ता कोइरालाले बताएका छन्।

यसअघि गत शुक्रबार (भदौ ५) पनि देउवाले यही विषयमा सर्वोच्चमा रिट पेस गरेका थिए। तर कार्यालय समय सकिन लागेकाले आवश्यक ‘करेक्सन’ गर्ने भन्दै उक्त रिट फिर्ता लगिएको थियो।

प्रकाशित मिति : भाद्र ८, २०८३ सोमबार  १ : ५३ बजे