एमालेका बादल र रास्वपाकी इन्दिराले बोलेका शब्द संसदीय रेकर्डबाट हटाउन निर्देशन



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रास्वपाकी सांसद इन्दिरा रानामगर र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सदनमा प्रयोग गरेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सभामुख अर्यालले रास्वपाकी सांसद रानामगर र एमाले संसदीय दलका नेता बादलले बोलेका असंसदीय र अर्मयादित शब्द हटाउन निर्देशन दिएका हुन् ।

भदौ १ गतेको बैठकमा रानाले प्रयोग गरेको भालु, वेश्या’ र ‘साइबर सेना’ जस्ता शब्द हटाउन निर्देशन गरेका हुन् ।

त्यस्तै, बादलले भदौ ३ गतेका बैठकमा प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरूलाई सभामुख अर्यालले अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : भाद्र ८, २०८३ सोमबार  ७ : १३ बजे