प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ‘पहिलो संशोधन’ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी ‘दोस्रो संशोधन’ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति : भाद्र ९, २०८३ मंगलबार  १० : २६ बजे