रसुवा बाढीः ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन



काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा वाह्य पर्यटकको संख्या ६ सय ४४ पुगेको छ ।

बिहीवार नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताएका हून् ।

उनले टुर एजेन्सीहरुले दिएको जानकारीअनुसार विभिन्न ३३ देशका पर्यटकहरु सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिए । उनकाअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना छन् ।

प्रकाशित मिति : भाद्र ११, २०८३ बिहीबार  २ : ४६ बजे