एकैदिन तोलामा साढे ९ हजार रूपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।शुक्रबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र १४, २०८३ आईतबार  ११ : २५ बजे