कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक सोमबार भदौ १५ गते बिहान ११ः ०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८३ आईतबार  २ : २२ बजे