अत्यावश्यकबाहेक बाढी प्रभावित क्षेत्रमा नजान रास्वपा सांसदहरूलाई रविको निर्देशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ ।

केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर खिचेको फोटोका कारणले सामाजिक सञ्चालनमा आलोचना भएपछि रविले सचेत गराएका हुन् ।

आज सभापति रवि लामिछानेले पार्टीका शीर्ष नेताहरूको छलफलमा पनि यसबारेमा चासो राखेका थिए । पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले अत्यावश्यकबाहेक प्रभावित क्षेत्रमा नजान भनेका हुन् ।

प्रकाशित मिति : भाद्र १४, २०८३ आईतबार  ८ : ३८ बजे