काठमाडौँ, भदौ १५ । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।
रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उनले बताए ।
यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ । विपद्मा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताए ।रासस









