सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन शाह



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान तथा खोज, उद्धार र राहत व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री शाहले आज सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनबारे जानकारी लिइरहेका हुन्।

यसक्रममा प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म नेपाली सेनाले सञ्चालन गरेका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्।

प्रकाशित मिति : भाद्र १५, २०८३ सोमबार  १ : २९ बजे