काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।
हिजो (मंगलबार) प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।









