काठमाडौँ, भदौ १८ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गरेका छन्।
बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिएका हून् ।
भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनस्र्थापना (रिसेटलमेन्ट) का कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गर
अध्यक्ष घिसिङले भने ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरणहरूको आवश्यकता छ । भौगोलिक विकटताका कारण उपकरण पु¥याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ । करिव २३५ मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । निजी क्षेत्रका प्रवद्र्धकहरूलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रियालाई सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’









