काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापा बाढी प्रभावित क्षेत्र रसुवा पुगेका छन् ।
उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी विज्ञहरूसहित रसुवा पुगेका हुन् ।
थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका पुगेका उनको सचिवालयले जनाएको छ ।
थापा यसअघि नुवाकोट पुगेर फर्किएका थिए ।
कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् भने कांग्रेसको भातृ संस्थाहरु नेविसंघ र तरुण दललगाायतका संस्थाहरु बाढी प्रभावित क्षेत्रमा गएर राहत वितरण गर्ने कार्यहरुमा सक्रिय छन् ।









