काठमाडौँ । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एको सुरुङ र पावरहाउसमा उद्धार गर्न जनशक्ति थपेको छ।
नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेशको प्रयास थालेको हो।
दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो।









