शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रुपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने घोषणा गरेका छन् ।
सोमवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित रसुवा बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने बताएका हुन् ।
उनले बाढी प्रभावित पालिकाका विद्यार्थीलाई आवासीय सुविधा, विद्यालयमै आवासीय व्यवस्था तथा पूर्ण छात्रवृत्तिमार्फत सरकारले सहयोग प्रदान गर्ने बताए ।









