काठमाडौं । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ ।
मंगलवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन समितिको बैठकले विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको हो ।
परिमार्जित कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन असोज ३ र ४ गते गर्ने गरी निर्धारण गरिएको छ ।
गाउँरनगरपालिका अधिवेशन असोज ७ गते एवं प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका छ ।
केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताए ।
संयोजक प्रेमबहादुर खड्काले मुलुकमा आइलागेको प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको निर्वाचन तालिकामा हेरफेर गरिएको जानकारी दिए।









