सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ ।हिजो ९मंगलबार० चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : भाद्र २४, २०८३ बुधबार  ११ : ३५ बजे