सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौँ, भदौ २५ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ३ हजारले घटेको सुनको मूल्य आज भने प्रतितोला ३ हजार ४ सयले बढेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ७५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  ११ : १२ बजे