सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

बिहीबार प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र २६, २०८३ शुक्रबार  ११ : ३४ बजे