काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डमा भइरहेको मर्मत तथा पुनःनिर्माण कार्यका कारण यातायात आवागमन प्रभावित भएको छ।
गत भदौ १० गते र त्यसपछि त्रिशूली नदीमा आएको बाढीले यस सडकखण्डका विभिन्न स्थानमा पुर्याएको क्षतिको मर्मत कार्य जारी रहेकाले हाल प्रत्येक दुई घण्टामा आधा घण्टा मात्र सवारी साधन सञ्चालनमा ल्याइएको छ।
बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टاको अन्तरमा ३० मिनेटका लागि मात्र सडक खुला गर्ने गरिएको छ भने बाँकी समयमा मर्मत कार्य जारी राखिने हुनाले सवारी साधनहरूलाई रोकिएको छ।
हाल सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा मर्मत कार्य भइरहेको र यसै कारण शान्ति बजार क्षेत्रमा सवारीसाधनहरू रोकिएका छन्। सडक कार्यालयले यात्रा गर्ने यात्रुहरूलाई सडक खुल्ने निर्धारित समय तालिकालाई ध्यानमा राखेर मात्रै आवतजावत गर्न अनुरोध गरेको छ।










