पुर्व सभापति देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय समितिमा ल्याउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले पार्टिका पूर्व सभापति शेरबहादुर देउवाको कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमै रहनेगरी निर्णय गरेको छ

आइतबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसका भक पदाधिकारीका अनुसार विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनामा समेटिन नसकेका अघिल्लो समितिका सदस्यहरूलाई केन्द्रीय समितिमा आउने अवसर दिन यस्तो निर्णय गरेको हो।

उनका अनुसार अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा सहभागी भएर आगामी महाधिवेशन आयोजक समितिका रूपमा समेत भूमिका निर्वाह गर्न सक्नेछन्।

आइतबारको निर्णयअनुसार देउवा पक्षबाट आउने नेतालाई केन्द्रीय समितिमा सामेल गरी महाधिवेशनको आयोजक समितिमा राखिने छ ।

कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।

प्रकाशित मिति : भाद्र २८, २०८३ आईतबार  ७ : ४९ बजे