सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ, भदौ ३० । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो ।रासस

प्रकाशित मिति : भाद्र ३०, २०८३ मंगलबार  ११ : ५३ बजे