‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन



काठमाडौँ । प्रतिनिधि सभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एशियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रश्ताव अनुमोदन भएको छ ।

सभाको मंगलवारको बैठले कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेश गरेको उक्त प्रश्ताव अनुमोदन सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि उक्त प्रश्तावमाथि दफावार छलफल गरिएको थियो ।

छलफलमा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले एशियाली विधायिकी संस्थाहरूको परिषद् (क्याली) ले डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तनबाट उत्पन्न विधायिकी चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच सहकार्य र अनुभव आदानप्रदानमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : भाद्र ३०, २०८३ मंगलबार  ७ : १४ बजे