नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४९ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक ११.९३ अंकले बढेर २,६२४ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस लघुवित्तका लगानकिर्ताले १२।४३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले २।९७ प्रतिशतका दरले गुमाएका हुन् ।

आज ५ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ३३ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : आश्विन १, २०८३ बिहीबार  ४ : २२ बजे